logo
Blog single photo
December 11 2020

नेपालको क्रेडिट रेटिङ हाललाई स्थगन

अर्थतन्त्र । नेपालको क्रेडिट रेटिङ (साख निर्धारण अर्थात् ‘सोभरेन रेटिङ’) गर्ने जिम्मा पाएको अन्तरराष्ट्रिय स्तरको फिच कम्पनीले हाललाई यो कार्य स्थगन गरेको छ ।

उक्त कम्पनीले चालू आर्थिक वर्षको ६ महीनाभित्र तयार गर्ने कार्ययोजना बनाएको थियो । तर, कोभिडका कारण समग्र अर्थतन्त्र पहिलाको जस्तो सामान्य नभएकाले अवस्था सामान्य नभएसम्मलाई क्रेडिट रेटिङको कार्य स्थगन गरेको हो ।

अर्थ मन्त्रालयका राजस्व सचिवको संयोजकत्वमा गठित रेटिङ ओभरसाइट कमिटीले विभिन्न छलफल, अध्ययन गरेर गत चैतअघि उक्त कम्पनीलाई नेपालको रेटिङ गर्ने जिम्मा दिएको थियो । अन्तरराष्ट्रिय स्तरमा मुडिज, फिच र स्ट्यान्डर्ड एन्ड पुअर्स रेटिङ एजेन्सीले ‘सोभरेन रेटिङ’ गर्दै आएकोमा उक्त कमिटीले फिच कम्पनीलाई छनोट गरेको थियो । तर, उनीहरूले कोभिड–१९ का कारण रेटिङको कामलाई स्थगन गरेको अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनी बताउँछन् ।



राजस्व सचिव पुडासैनीका अनुसार कोभिड सामान्य अवस्थामा पुगेपछि फेरि रेटिङको काम शुरू गर्ने भनिएको छ । ‘विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाले गर्दा रेटिङ गर्न उपयुक्त समय होइन । यस्तो परिस्थितिमा नेपालको मुख्य परिसूचकका तथ्यांकहरू पनि राम्रो आउँदैन,’ उनले अभियानसँग भने, ‘यस्तो बेला गरेको अध्ययनको नतिजा राम्रो हुँदैन । यसर्थ अर्थतन्त्र सुस्ताएको असाधारण अवधिमा स्थगन गरिएको हो । अवस्था सामान्य भएपछि मात्र रेटिङको काम शुरू हुनेछ ।’....

यो समाचार आर्थिक अभियानमा ममता थापाले लेख्नु भएको छ । 

Top