footer
logo
February 26 2021
Blog single photo

आईपीओको रिजल्ट अनलाइन समाचार माध्यमहरुमा प्रकाशित नगर्न सिडिएससीको निर्देशन

बैंक खबर । सिडिएससी एण्ड क्लियरिङ लिमिटेडले प्राथमिक शेयर निष्काशन (आईपीओ)को रिजल्ट अनलाइन समाचार पोर्टललाई नदिने निर्णय गरेको छ । यसअघी आईपीओको नतिजा विभिन्न निजी अनलाइन माध्यमहरुलाई वितरण गरिएको भन्दै विरोध भएपछि सिडिएससीले अबदेखि अनलाइन समाचार माध्यमहरुलाई नतिजा नदिने निर्णय गरेको हो । 



सिडिएससीका अनुसार लगानीकर्ताको गुनासो र धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावलीमा भएको व्यवस्थालाई कार्यान्वयन गरिएको छ । यससँगै अबदेखि सम्बन्धित कम्पनीको वेवसाइट, विक्री प्रबन्धक र मेरो शेयरको वेवसाइटबाट मात्रै नतिजा हेर्न पाइने छ । 

Top