footer
logo
April 01 2021
Blog single photo

बैंक अफ काठमाण्डूले शुरु गर्यो अन्तर्राष्ट्रिय भुक्तानी सेवा

बैंक खबर । बैंक अफ काठमाण्डूले अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘बिओके ई–कम यूएसडी प्रिपेड कार्ड’ सेवा सुरु गरेको छ। बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिने उद्देश्यले प्रतिवर्ष ५ सय डलरसम्मको प्रिपेड कार्ड सुविधा दिएको हो । यो सेवा अन्तर्गत ग्राहकहरुले भारत बाहेक अन्य देशहरुको ई-कमर्स साइटहरुबाट एक वर्षमा ५ सय डलरसम्म भुक्तानी सुविधा पाउनेछन । 



इच्छुक ग्राहकले बैंकको कुनैपनि शाखामा प्यान कार्डसहित निवेदन दिएमा यो सुविधा पाउन सकिने पनि बैंकले जनाएको छ । हालसम्म बैंकले ९० शाखा कार्यालय, ७८ एटीएम काउन्टर र १० एक्सटेन्सन कार्यालय मार्फत बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको छ । 

Top