footer
logo
April 06 2021
Blog single photo

मेरो माइक्रोफाइनान्सद्धारा कर्मचारीहरुलाई कार्यदक्षता अभिवृद्धि तालिम सम्पन्न

बैंक खबर । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले फिल्ड सहायक कर्मचारीहरुलाई कार्यदक्षता अभिवृद्धि, सामाजिक परिचालन तथा धितो प्रमाणीकरण सम्बन्धी तालिम दिएको छ । महोत्तरीको बर्दिबासमा भएको सो कार्यक्रमलाई सम्बोधन गर्नुहुदै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले फिल्डमा कार्य गर्ने कर्मचारीहरुको विशेष जिम्मेवारी रहने बताउनुभयो । साथै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा ब्यवहारमा ल्याउनुपर्ने बताउनुभयो ।

दुई दिनसम्म सञ्चालन भएको उक्त तालिममा संस्थाका अनुगमन कार्यालय लालगढ धनुषा र डुमरिया रौतहट अन्तर्गतका सम्पूर्ण फिल्डका कर्मचारीहरुको सहभागिता रहेको थियो। सो अनुगमन कार्यालय लालगढ अन्तर्गत ४ जिल्लाका १० शाखा कार्यालय र डुमरिया अन्तर्गत ३ जिल्लाका १० शाखा कार्यालयका ६५ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।तालिममा कर्मचारीहरुलाई फिल्डसम्बन्धी विभिन्न प्रकारका जोखिम तथा अनुपालन सम्बन्धमा जानकारी गराइनुका साथै सम्भावित जोखिमका प्रभाव एवम् जोखिम न्यूनीकरण सम्बन्धी उपायहरु बारे सहभागीहरुलाई तालिम दिइएको थियो ।



कार्यक्रममा सहभागी कर्मचारीहरूले उक्त तालिमबाट काम गर्ने हौसला मिल्नुका साथै ब्यवहारिक र निकै लाभदायक भएको बताएका छन्। यस प्रकृतिका तालिमलाई भविष्यमा पनि निरन्तरता दिइने र कर्मचारीहरुलाई काममा उत्प्रेरणा जगाउने लक्ष्य लिइएको संस्थाले जनाएको छ ।

मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ६० जिल्लामा १ सय ३० शाखा कार्यालय मार्फत करिब १ लाख ३० हजार घरपरिवारहरुमा वित्तीय सेवा पुर्याउदै आएको छ ।

Top