footer
logo
April 06 2021
Blog single photo

अजोड इन्स्योरेन्सको इन्साइडर ट्रेडिङ सम्बन्धमा छानविन गर्न धितोपत्र बोर्डद्धारा उपसमिति गठन

बीमा खबर । नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्सको इन्साइडर ट्रेडिङ भएको विषयमा छानविन गर्न उप–समिति गठन गरेको छ । बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै बोर्डका निर्देशकको संयोजकत्वमा उपसमिति गठन गरी जाँजबुझ कार्य अगाडि बढाइसकेको जानकारी गराएको हो । 

विभिन्न सञ्चार माध्यममा आएका समाचार तथा बोर्डमा प्राप्त गुनासा अनुसार कुनै भित्री कारोबार भएको पाइएमा नियमानुसार कारबाही अगाडि बढाउने पनि विज्ञप्तिमा उल्लेख छ । 



चैत्र १९ गते को अजत्र मार्फत अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने सूचना प्रकाशन हुनु अघि नै चैत्र १६ गते भएको धितोपत्र कारोबारमा १० प्रतिशत वृद्धि भई सर्किट लागेको भनि उक्त कारोबार सम्बन्धी विवरण नेपाल स्टक एक्सचेन्जसँग माग गरेकोमा विपरण पेश भइसकेको पनि बोर्डले जनाएको छ । 

बोर्डले धितोपत्र बजारका स्थापित मूल्य, मान्यता अनुरुप बजारलाई स्वच्छ र पारदर्शी रुपमा सञ्चालन गर्न पनि अनुरोध गरेको छ । 

 

Top