footer
logo
April 08 2021
Blog single photo

अजोड इन्स्योरेन्सले हकप्रद निष्काशन नगर्ने 

बीमा खबर । अजोड इन्स्योरेन्सले हकप्रद निष्काशन नगर्ने भएको छ । बीमा समितिको निर्देशन अनुसार इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले यस अघि गरेको पूँजी वृद्धि र हकप्रद निष्काशनको प्रस्ताव हटाएको हो । 

चैत्र १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले अहिले कायम रहेको चुक्तापूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव सहित वार्षिक साधारणसभा आह्वान गरेको थियो । सञ्चालक समितिको उक्त निर्णय सार्वजनिक हुनु अगावै सूचना चुहावट भई दोस्रो बजारमा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर कारोबार भएको थियो । सोहीकारण विवादमा परेकोले बीमा समितिले तत्कालका लागि हकप्रद निष्काशन नगर्न निर्देशन दिएको थियो । 



नेपाल धितोपत्र बोर्डले पनि इन्स्योरेन्सको सो सूचना चुहावट भई भित्रि कारोबार भएको विषयमा अध्ययन गर्न बोर्डका निर्देशकको संयोजकत्वमा उपसमिति गठन गरेको छ । 

Top