footer
logo
April 13 2021
Blog single photo

बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ११ प्रतिशतले बढ्यो

राष्ट्र बैंक । आर्थिक वर्ष २०७७/०७८ को आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को आठ महिनाको तथ्याङ्क अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ८ प्रतिशतले बढेको थियो । 

वार्षिक बिन्दुगत आधारमा २०७७ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २१.९ प्रतिशतले बढेको छ । 

२०७७ फागुनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.४ प्रतिशत, ३४.४ प्रतिशत र ४८.६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.३ प्रतिशत, ३१.४ प्रतिशत र ५०.० प्रतिशत रहेको थियो । 



२०७७ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२.१ प्रतिशत रहेको छ । २०७६ फागुन मसान्तमा यस्तो निक्षेपको अंश ४४.९ प्रतिशत रहेको थियो । 
 

Top