logo
Blog single photo
April 20 2021

बैंकका कर्मचारीलाई वर्क फ्रम होम र सिफ्टमा काम गराउन राष्ट्र बैंकको निर्देशन 

बैंक खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोरोना संक्रमणको जोखिम बढेको भन्दै बैंकिङ सेवालाई यथासम्भव विद्युतीय माध्यमबाट गर्न गराउन निर्देशन दिएको छ । बैंकले ९ बुँदे सूचना जारी गर्दै सेवाग्राहीको भिडभाड नहुने र भौतिक दुरी कायम हुनेगरी व्यवस्था मिलाई सेवा प्रवाह गर्न पनि भनेको छ । 

यस्तो छ राष्ट्र बैंकले जारी गरेको ९ बुँदे सूचना 
नेपाल सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अवलम्बन गर्ने । 

सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्ने । साथै, सेवाग्राहहीको आवतजावत सकेसम्म कम हुने गरी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवाहरु यथासम्भव विद्युतीय माध्यमबाट गर्न गराउन प्रोत्साहित गर्ने । 

बैंक तथा वित्तीय संस्थाद्धारा सञ्चालित एटिएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखि सेनिटाइजर एवं टिस्यू पेपरको व्यवस्था गर्ने । 

बैंक तथा वित्तीय संस्थाबाट सञ्चालन गरिने बैंठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दूरी सुनिश्चित गर्ने तथा सम्भव भएसम्म यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउने । 

कर्मचारीहरुमा हुन सक्ने संक्रमण तथा संस्थाको व्यवसायिक निरन्तरतालाई मध्यनजर गर्दै संक्रमणको जोखिम न्यून हुने गरी सेवा प्रवाह गर्ने । कर्मचारीहरुलाई समूहमा विभाजन गरी समूह समूहबीच प्रत्यक्ष सम्पर्क नहुने गरी कार्य वातावरण निर्माण गर्ने । यसका लागि आवश्यकताका आधारमा रिमोट एक्सीस, वर्क फ्रम होम, सिफ्टवाइज वर्क लगायतका उपाय अवलम्बन गर्न सकिने । 

कर्मचारीहरुमा संक्रमणको शंका लागेमा अविलम्ब परीक्षण गर्ने व्यवस्था गर्ने र संक्रमण देखिएका कर्मचारीलाई आइसोलेसन गर्ते तथा कन्ट्याक ट्रेसिङमा परेका कर्मचारीलाई क्वारेन्टाइन गर्ने व्यवस्था गर्ने । 
 



बैंक तथा वित्तीय संस्थालाई कोभिड–१९ सम्बन्धी समस्याको सहजीकरण सम्पर्कका लागि कोभिड–१९ सुरक्षा व्यवस्थापन समूह गठन गर्न निर्देशन दिइएकोमा सो समूहलाई सक्रिय रुपमा परिचालन गर्ने । 

समुदाय स्तरमा कोभिड–१९ संक्रमण फैलिइ महामारीको विशेष अवस्था आइपर्न सक्ने परिस्थितिलाई समेत आँकलन गरी बैंक तथा वित्तीय संस्थाका अत्यावश्यकीय कार्यको निरन्तरताको लागि विस्तृत कार्ययोजना सहितको कन्टीन्जेन्सी प्लानलाई समयानुकूल अध्यावधिक गर्ने । 

यस बैंकबाट कोभिड–१९ को संक्रमण जोखि न्यूनीकरण गरी सेवा सूचारु ग्र्ने सम्बन्धमा यस अघि जारी गरिएका निर्देशनहरु प्रिपालना गर्ने गराउने व्यवस्था मिलाउने । 
 

Top