footer
logo
April 28 2021
Blog single photo

महुली लघुवित्तका नवनियुक्त अध्यक्ष प्रभु नारायण चौधरीद्धारा पद तथा गोपनीयताको सपथ ग्रहण

बैंक खबर । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष प्रभु नारायण चौधरीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएको छ । अध्यक्ष चौधरीले नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र तिमिल्सिनाबाट पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएक़ो हो ।

वैशाख १४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो । 

नेपाल राष्ट्र बैंक, प्रदेश कार्यालय बिराटनगरमा भएको उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका अन्य अधिकृतहरु तथा महुली लघुवित्तका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र कम्पनी सचिव तथा नायव प्रमुख कार्यकारी अधिकृत सरोज सिंहको उपस्थिति रहेको थियो ।



महुली लघुवित्तले नव किरण लघुवित्तलाई गाभेर मिति २०७७ मंसिर ८ गतेदेखि एकिकृत वित्तीय कारोवार शुरु गरेको थियो। दुई संस्था मर्जर पश्चात भएको आठौं साधारण सभा एकीकृत रुपमा सम्पन्न भएको थियो ।

Top