footer
logo
July 11 2021
Blog single photo

झण्डै ७५ अंकले बढ्यो शेयर बजार, कारोबार रकम ८ अर्ब नाघ्यो  

शेयर खबर । साताको पहिलो दिन आइतबार शेयर बजारमा नेप्से परिसूचक ७४.७१ अंकले बढेको छ । समग्रमा नेप्से २ हजार ८ सय ९९.८२ अंकमा पुगेर बन्द भएको छ । 

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३.७७ अंकले बढेर ५ सय ४३.४३ अंकमा बन्द भएको छ । 

दिनभर २ सय २५ कम्पनीको ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४ सय ९६ रुपैयाँ बराबरको ३ करोड १५ लाख ८८ हजार ८ सय ५० कित्ता शेयर खरिद विक्री भएको छ । बजार पूजिकरण पनि ४० खर्ब भन्दा माथि छ । 

कारोबारमा आएका सबै समूहका सूचकहरु बढेका छन् । सबैभन्दा धेरै फाइनान्स समूह ८.३७ प्रतिशत र विकास बैंक समूह ८.२९ प्रतिशतले बढेको छ । बैंकिङ समूह २.३४ प्रतिशत, होटल समूह २.४१ प्रतिशत, जलविद्युत समूह २.८८ प्रतिशत, निर्जीवन बीमा समूह २.७२ प्रतिशत, जीवनबीमा समूह २.८८ प्रतिशत, लघुवित्त समूह २.५७ प्रतिशत, लगानी समूह २.६८ प्रतिशत, व्यापार समूह शुन्य दशमल ९४ प्रतिशत, म्युचुअल समूह शुन्य दशमल ८९ प्रतिशत र अन्य समूह शुन्य दशमलव ९४ प्रतिशतले बढेका छन् । 
 



सबैभन्दा धेरै कारोबार एनआईसी एसिया बैंकको ३९ करोड ९६ लाख रुपैयाँ बढीको भएको छ । त्यसपछि धेरै कारोबार हुने कम्पनीमा नबिल बैंक २५ करोड ८१ लाख रुपैयाँ र नेपाल बैंकको २४ करोड ४३ लाख रुपैयाँ रहेका छन् । 

शेयर मूल्य बढ्नेमा अधिकांश फाइनान्स र विकास बैंक रहेका छन् । 

Top