footer
logo
July 11 2021
Blog single photo

मनकामना स्मार्ट लघुवित्तको आईपीओ सोमबार बाँडफाँड हुने

बैंक खबर । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको निष्काशन भएको प्राथमिक शेयर (आईपीओ) सोमबार बाँडफाँड हुने भएको छ । विक्री प्रबन्धक एनएमबी क्यापिटलले सोमबार बिहान साढे ९ बजे शेयर बाँडफाँड हुने जनाएको छ । 

लघुवित्तको आईपीओ यही असार १७ देखि २१ गते समम विक्री खुल्ला गरिएको थियो । आईपीओमा २० लाख भन्दा धेरै लगानीकर्ताले आवेदन दिएका छन् । 



लघुवित्तले जारी गरेको ३ लाख ९ हजार कित्ता साधारण शेयर मध्ये कर्मचारीका लागि ६ हजार ५ कित्ता र सामुहिक लगानीक कोषहरुका लागि १९ हजार ४ सय ५० कित्ता छुट्याएको छ । बाँकी ३ लाख ६३ हजार ४ सय ९२ कित्ता शेयर सर्वसाधारमा बाँडफााड हुनेछ । 
 

Top