footer
logo
July 13 2021
Blog single photo

युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा झण्डै २२ लाखले दिए आवेदन

बीमा खबर । युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा साढे २१ लाख भन्दा बढी आवेदकले आवेदन दिएका छन् । विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार शुक्रबार साँझसम्म २१ लाख ५० हजार ४ सय ७८ आवेदकबाट ३ करोड ४० लाख १० हजार ८ सय ९० कित्ता शेयर खरिदका लागि आवेदन परेको छ । बैंकबाट आईपीओ भर्नेहरुको आवेदन थप हने भएकाले आवेदनको संख्या अझै बढ्ने क्यापिटलले जनाएको छ । 



इन्स्योरेन्सले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । त्यसमध्ये ५ प्रतिशत कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरेपछि बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ । 
 

Top