footer
logo
July 13 2021
Blog single photo

नबिल बैंकले ल्यायो ‘३७ डेज अफ ह्याप्पीनेस’ अफर

बैंक खबर । नबिल बैंकले आफ्नो ३७ औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई विभिन्न अफर सार्वजनिक गरेको छ । बैंकले कार्ड, स्मार्ट बैंक, लकर लगायतमा विभिन्न छुट सहित ‘‘३७ डेज अफ ह्याप्पीनेस’’ अफर ल्याएको हो । 

बैंकका खनुसार आगामी ३७ दिन सम्मका लागि व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आईकार्ड, नबिल स्मार्ट बैंक (मोबाइल बैंकिङ) र लकर सेवाको शुल्कहरुमा विशेष छुट हुनेछ । 

यो अफर असार २८ गते देखि भदौ १ गते सम्म खुल्ने नयाँ व्यक्तिगत खाताहरुमा उपलब्ध हुने पनि बैंकले जनाएको छ । 



सन १९८४ देखि बैंकिङ सेवा दिदै आएको बैंकले हाल देशभर १ सय ३५ शाखा, १ सय ८३ एटिएम काउन्टर, १ हजार ५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत सेवा प्रवाह गर्दै आएको बैंकले जनाएको छ । 
 

Top