footer
logo
July 18 2021
Blog single photo

नबिल बैंकको ऋणपत्र निष्काशन हुँदै, साउन १० गतेदेखि आवेदन दिन सकिने

बैंक खबर । नबिल बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक ८ प्रतिशत ब्याजदरको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ निष्काशन गर्न लागेको हो । बैंकका अनुसार साउन १० गतेदेखि उक्त ऋणपत्र निष्काशन तथा विक्री खुल्ला हुनेछ । 

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये १२ लाख कित्ता अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको सर्वसाधारणका लागि र १८ लाख कित्ता अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको व्यक्तिगत तवरबाट विक्री गरिने भएको छ । यस्तै सामूहिक लगानी कोषका लागि सर्वसाधारणलाई छुट्याएको कित्ता मध्येबाट ५ प्रतिशत छुट्याएको छ । 

उक्त ऋणपत्र खरिदका लागि सर्वसाधारणले साउन १० देखि १३ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिसम्म पूर्ण आवेदन नपरेमा साउन २४ गते सम्म आवेदन दिन सकिने व्यवस्था गरेको छ । 



ऋणपत्र निष्काशनका तथा विक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । 

Top