footer
logo
July 19 2021
Blog single photo

कामना सेवा विकास बैंकको खुद नाफामा आकर्षक वृद्धि, ईपीएस कति ?

बैंक खबर । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७७/०७८ को चौथो त्रैमास (असार मसान्त) सम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै ६ गुणाले बढेको छ । यो अवधिमा बैंकले ७० करोड २ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५.८४ गुणा बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुदा नाफा ११ करोड ९७ लाख १९ हजार रुपैयाँ रहेको थियो । 

२ अर्ब ६५ कारोड १९ लाख ६३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले असार मसान्त सम्ममा ४४ अर्ब ४५ करोड १ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ८२ करोड ९१ लाख ८३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । 

बैंकको प्रति शेयर आम्दानी २६ रुपैयाँ ४० पैसा, मूल्य आम्दानी अनुपात २१.९७ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४८ रुपैयाँ ६१ पैसा रहेको छ ।

बैंकको निष्क्रिय कर्जा १.५ प्रतिशत, आधार दर ८.३८ प्रतिशत, स्पे्रड दर ४.२ प्रतिशत, कस्ट अफ फण्ड ६.३१ प्रतिशत र सिडी रेसियो ८०.३७ प्रतिशत कायम भएको छ । 



यो अवधिमा बैंकको खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी बढेको छ । त्यस्तै सञ्चालन मुनाफा बढेको र इम्पेरिमेन्ट चार्ज घटन जाँदा बैंकको खुद मनाफा बढेको छ । 

Top