logo
Blog single photo
July 28 2021

सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि आईपीओ निष्काशन गर्ने, २ अर्ब पूँजी पुग्ने

बीमा खबर । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले साउन २० गतेदेखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । 

निष्काशन गर्न लागेको ६० लाख कित्ता शेयरमध्ये ५/५ प्रतिशत कर्मचारीहरु र सामूहिक लगानीकोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले कुल ५४ लाख कित्ता शेयरका लागि आवेदन दिन पाउनेछन् । 

आईपीओमा साउन २० गते देखि २४ गते सम्म आवेदन दिन सकिनेछ । साउन २४ गते सम्म पनि माग अनुसारको आवेदन नपरेमा ढिलोमा भदौ २ गते सम्म आवेदन दिन सक्ने व्यवस्था गरेको छ । 



इच्छुक आवेदकले मेरो शेयरको एप तथा वेबसाइटबाट र सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्काशन पछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । 
 

Top