logo
Blog single photo
August 02 2021

एनआईसी एशिया लघुवित्तको प्रदेश स्तरीय तालिम सम्पन्न

बैंक खबर । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले प्रदेश स्तरीय तालिम सम्पनन गरेको छ । लघुविक्तले यही साउन १५ देखि १७ गते सम्मभ प्रदेश नं. २ मा सिरहाको लहान, सर्लाहीको लालबन्दी र बागमती प्रदेशमा चित्तवनको पर्सामा आफ्ना कर्मचारीहरुलाई व्यवसाय प्रवद्र्धन, विस्तार तथा शाखा व्यवस्थापन सम्बन्धी तालिम दिएको हो । तालिममा दुई सय जना कर्मचारीको उपस्थिति रहेको थियो । 

संस्थाका कर्जा स्वीकृति विभागका विभागीय प्रमुख गोपीचन्द्र ढुङ्गाना, व्यवसाय प्रबद्धन विभागका राकेश श्रेष्ठ र कर्जा विभागका नवराजजोशीले कर्मचारीहरुलाई नयाँ आर्थिक वर्ष २०७८/७९ को लक्ष्य, व्यवसाय विस्तार, क्षमता अभिबृद्धि, शाखा तषा जोखिम व्यवस्थापन, कर्जाको गुणस्तरयिता, समुह प्रवेश पूर्व तालिम लगायतका विषयवस्तुहरु प्रशिक्षण दिनुभएको हो ।

त्यसै गरि साउन महिनामै अन्य विभिन्न स्थानमा अवस्थित शाखाका कर्मचारीहरुलाई व्यवसाय प्रबद्र्धन, व्यवसाय विस्तार तषा शाखा व्यवस्थापन तालिम दिने कार्यतालिका रहेको राकेश श्रेष्ठले बताउनुभयो । 

यस आर्थिक वर्षमा एनआईसी एशीया लघुवित्त, लघुवित्त क्षेत्रकै अबल लघुवित्त बनाउनकालागि यस्ता खालका तालिमहरुले महत्वपूर्ण भूमिका खेल्ने र कर्मचारीहरुले सेवाग्राहीहरुलाई अझै परिस्कृत सेवा प्रवाहगर्न सक्ने कर्जा स्वीकृति विभागका विभागीय प्रमुख गोपीचन्द्र ढुङगानाले बताउनुभयो ।

footer


वित्तीय संस्थालाई आमजनमानसले गरेको प्रगाण विश्वास, अगाध स्नेह र वित्तीय संस्थाप्रतिको भरोसाले गर्दा यो वित्तीय संस्थाले मुलुकभर ७३ जिल्लामा २७० शाखाकार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । साथीसँगै सवल बन्दै भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस लघुवित्त देशकै सबै भन्दा ठूलो शाखा सञ्जाल र चुक्ता पूँजीभएको देशकै एक ठुलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित भएको छ । त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एशिया लघुवित्त वित्तीयसंस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक , बझाड., बाजुरा, अछाम दार्चुला , मुगु तषा कालिकोट जस्ता बैंक तषा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्र्दै आएको र आगामी दिनहरुमा पनि सोहि अनुरुप काम गर्ने लघुवित्तले जनाएको छ । 
 

Top