logo
Blog single photo
August 04 2021

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो, कति दिने आवेदन?

बीमा खबर । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) निष्काशन भएको छ । इन्स्योरेन्सले बुधबार (साउन २० गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशनमा ल्याएको छ । आईपीओमा साउन २४ गते सम्म आवेदन दिन सकिनेछ । सो अवधिमा माग अनुसारको आवेदन नपरेमा भदौ २ गते सम्म आईपीओ खुल्ला रहनेछ । 

इन्स्योरेन्सले कुल जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर बिक्रीमा ल्याएको हो । त्यसमध्ये ५/५ प्रतिशत कर्मचारीहरुलाई र सामूहिक लगानीकोषहरुलाई सुरक्षित गरेको छ । बाँकी रहेको ५४ लाख कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् । 

आईपीओ भर्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आवेदन दिन सकिनेछ । 

footer


इन्स्योरेन्सको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । आईपीओको धितोपत्र प्रत्याभुत सिद्धार्थ क्यापिटलले गरेको छ । 

Top