logo
Blog single photo
August 05 2021

मेरो माइक्रोफाइनान्सले खोल्यो काठमाडौंको सितापाइलामा नयाँ शाखा

बैंक खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले काठमाण्डौं स्थित सितापाइलामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । दुर्गम तथा ग्रामिण भेगहरुका साथै शहरी क्षेत्रमा आफ्नो उपस्थिति दरिलो र प्रभावकारी बनाउने उद्देश्यले मंगलबार देखि शाखा सञ्चालनमा ल्याएको लघुवित्तले जनाएको छ । 
लघुवित्तका सञ्चालक समिति अध्यक्ष सञ्जिब मानन्धरले एक समारोहबीच सितापाइला शाखा कार्यालय उद्घाटन गर्नुभएको हो । शाखा कार्यालय उद्घाटन कार्यक्रममा संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

उद्घाटन समारोहलाई सम्वोधन गर्दै अध्यक्ष मानन्धरले लघुवित्तलाई सबल अनि विश्वसनीय संस्थाको रुपमा स्थापित गराउन आफू निरन्तर लागी पर्ने समेत बताउनुभयो । लघुवित्त कार्यक्रमले स्थानीय श्रोत साधन र सीपको अत्यधिक उपयोग गरी नागरिकहरुलाई उत्पादनशिल कार्यमा संलग्न गराई ब्यवसायिक क्रियाकलापमा लगाउन सहयोग पु¥याउने समेत अध्यक्ष मानन्धरले बताउनुभयो । 

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले सवै वर्ग र क्षेत्रलाई लघुवित्त कार्यक्रममा समावेश गरी स्थानीय सीप र श्रोतको परिचालनमा नागरिकहरुलाई आर्थिक रुपमा सक्षम बनाउनु संस्थाको उद्देश्य रहेको बताउनुभयो । त्यस्तै नागरिकहरुले गरेको अथाह विश्वास, भरोसाले देशभरका हरेक सम्भाबित क्षेत्रको अध्ययन गरी निकट भविष्यमा थप शाखा सञ्जाल विस्तार गर्ने योजना रहेको पनि बताउनुभयो ।   



नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको माइक्रोफाइनान्सको नयाँ शाखा विस्तारसंगै ६१ जिल्लामा १३० शाखा कार्यालय पुगेको छ । संस्थाले आफ्ना ग्राहकहरुलाई आधुनिक एस.एम.एस.मोबाइल बैंकिङ सुबिधा समेत उपलब्ध गराइरहेको छ । 
 

Top