logo
Blog single photo
August 10 2021

गुराँस लाइफ इन्स्योरेन्सले लाभांश दिने, बोनस शेयर कति ?

बीमा खबर । गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ को संचित मुनाफाबाट लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्तापूँजीको ५.५००४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । 

इन्स्योरेन्सको साउन २४ गतेको सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश बीमा समितिबाट स्वीकृत भएर आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएमा शेयरधनीले पाउनेछन । 



अहिले इन्स्योरेन्सको चुक्तापूँजी १ अर्ब ९७ करोड ५५ लाख ८४ हजार ६ सय रुपैयाँ रहेको छ । बोनश शेयर वितरण पछि चुक्तापूँजी २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

Top