logo
Blog single photo
August 18 2021

महुली लघुवित्तको एकैसाथ ८ वटा शाखा विस्तार

बैंक खबर । महुली लघुवित्त वित्तीय संस्थाले एकैसाथ आठ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । लघुवित्तले तीन वटा प्रदेशका छ वटा जल्लामा एकैसाथ आठ वटा नयाँ शाखा विस्तार गरेको हो । 

बागमती प्रदेशमा तीन, गण्डकी प्रदेशमा दुई र लुम्बिनी प्रदेशमा तीन वटा गरी आठ वटा शाखा विस्तार गरिएको लघुवित्तले जनाएको छ । 



एकैपटक आठवटा शाखा विस्तार भएसँगै महुलीको कुल शाखा संख्या ५७ पुगेको छ । यस्तै महुलीको सात वटा प्रदेश मध्ये ५ वटामा उपस्थिति जनाएको छ ।
 

Top