logo
Blog single photo
August 31 2021

न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने मिति आज सकिँदै 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गरेको थियो

footer


बैंक खबर । न्यादी हाइड्रोपावर लिमिटेडले भदौ १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने मिति आज सकिँदै छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गरेको थियो ।

 

प्रतिशेयर १०० अंकित मूल्यको १८ लाख कित्ता साधारण शेयर कम्पनीले निष्काशन गरेको थियो । कम्पनीले लमजुङको मस्र्याङ्दी गाउँपालिकाभित्र रहेका आयोजनाको अति प्रभावित क्षेत्रका स्थानियका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर निष्काशन गरेको थियो । बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीका लागि निष्काशन गरेको थियो । 

Top