logo
Blog single photo
August 31 2021

दर्जनबढी कम्पनी आईपीओ निष्कासनको पर्खाइमा

शेयर खबर । करिब ५ अर्ब ६१ करोडको ४ करोड ९४ लाख १६ हजार कित्ता सेयर आइपिओ पाइपलाइनमा रहेको छ । ७ वटा हाइड्रोपावर कम्पनी तथा वित्तीय संस्था र अन्यको आइपीओ आउनेक्रममा रहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

footer


बोर्डको अनुसार सयपत्री हाइड्रोपावर, अपर सोलु हाइड्रोपावर, दोर्दी खोला हाइड्रोपावर, अपर हेवा खोला हाइड्रोपावर, मोलुुङ हाइड्रोपावर, रिभर फल्स हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर, निस्डो समृद्ध लघुुवित्त, जल्पा सामुुदायिक लघुुवित्त, उपकार लघुुवित्त, रिलायबल लाइफ इस्योरेन्सको आइपीओ निष्कासनको पर्खाइमा छन् ।

त्यस्तै डिस मिडिया नेटवर्क र आइएमई लाइफ इस्योरेन्स विन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट, हिमालयन हाइड्रो, बलेफी हाइड्रोपावर, ग्रिनभेन्जर हाइड्रो कम्पनीको पनि आइपीओ आउँदै छ । हाल यी कम्पनीलाई नेपाल धितोपत्र बोर्डको प्रारम्भिक समीक्षामा रहेका छन् ।

Top