logo
Blog single photo
September 01 2021

प्रभु क्यापिटलको महिला केन्द्रीत योजना, प्रभु ऐश्वर्य लगानी व्यवस्थापनमा ५० प्रतिशत छुट 

बैंक खबर । प्रभु क्यापिटलले महिलाहरुलाई लक्षित गरी प्रभु ऐश्वर्य योजना सुरु गरेको छ। महिलाहरुको महान चाड तीजको अवसर पारेर महिलाहरुलाई लगानीमा केन्द्रीत गर्ने उद्देश्यले यस्तो योजना ल्याएको क्यापिटलले जनाएको छ । 

लगानी व्यवस्थापन सेवा अन्तर्गतको यो योजनामा सहभागी हुन चाहने महिलाहरुले न्यूनतम तीन लाख रुपैयाँबाट लगानी सुरु गर्न सक्ने छन्। यो सेवा लिएबापत क्यापिटलले वार्षिक रुपमा लिने लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुट दिने बताएको छ । 

महिलाहरुलाई आर्थिक सशक्तिकरण र वित्तिय स्वतन्त्रतामा सहयोग पुर्याउन यो योजना सहयोगी हुने क्यापिटलको विश्वास छ ।  

footer


यस योजनामा सलंग्न भएकाहरुले पनि अन्य पिएमएसका योजनामा जस्तै अनलाइनबाट आफ्नो पोर्टफोलियो हेर्न सक्ने र साप्ताहिक पोर्टफोलियो इमेल मार्फत पाउने व्यवस्था गरिएको पनि क्यापिटलले जनाएको छ । त्यस्तै बजार अनुसन्धान रिपोर्ट लगायतका सुविधा पनि पाउन सकिने क्यापिटलले जनाएको छ । 

Top