बैंक खबर । अब भारतबाट नेपालमा रेमिट्यान्स पठाउन धेरै सहज हुने भएको छ ।
भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले भारतमा रहेका नेपालीका लागि रेमिट्यान्स पठाउने सीमा वृद्धि गरेको हो ।
रिजर्भ बैंक अफ इन्डियाले जारी गरेको नयाँ निर्देशनमा यस्तो रेमिट्यान्सको सीमा प्रतिकारोबार ५० हजार भारुबाट बढाएर २ लाख भारु पुर्याएको छ भने प्रतिवर्ष १२ पटक मात्र रेमिट्यान्स पठाउन सकिने सीमा पनि हटाएको छ ।
आरबीआईको नयाँ निर्देशनसँगै नेपालको रेमिट्यान्स बृद्धि हुने अपेक्षा गरिएको छ ।