logo
Blog single photo
September 07 2021

शेयर बजारमा नेप्से ४४ अंकले घट्यो, साढे ७ अर्बको कारोबार

शेयर बजार । शेयर बाजरमा परिसूचक नेप्से घटेको छ । नेप्से ४४.१८ अंकले घटेर २ हजार ८ सय ३६.६१ विन्दुमा झरेको छ । सेन्सेटिभ परिसूचक ५.०५ अंकले घटेर ५ सय ४८.३६ विन्दुमा आइपुगेको छ । 

फ्लोट इन्डेक्स ३.६० अंकले घटेर २ सय ५.३१ विन्दुमा झरेको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स ३ अंकले झरेर १ सय ८३.६४ विन्दुमा बन्द भएको छ । 
७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १ सय ६१ रुपैयाँको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर किनबेच भएको छ । 

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा गरेको नयाँ व्यवस्था र अर्थमन्त्रीको हस्तक्षेप लगायतका कारणले बजारलाई केही दिन देखि तरङ्गित बनाएको छ । फलस्वरुप आइतबार १ सय ८ अंकले गिरावट आएको बजारमा सोमबार १ सय ६१ अंकको उछाल आएको थियो । फेरी राष्ट्र बैंकले तत्काल शेयर धितो कर्जाको व्यवस्थालाई नसच्याउने अडान राखेपछि मंगलबार नेप्से घटेको आरोप लगानीकर्ताको छ । 



मंगलबार म्यूचुअल फण्ड र अन्य समूह बाहेकका सबै समूहका सूचकहरु घटेका छन् । नेप्से घटेपनि सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ । 
 

Top