logo
Blog single photo
September 11 2021

राष्ट्रिय बीमा संस्थानले दुई अर्ब पूँजी पु-याउने, अर्थ मन्त्रालयसँग स्वीकृति मागियो

बीमा खबर । जीवन बीमा प्रदायक कम्पनी राष्ट्रिय बीमा संस्थानले आगामी असार मसान्तसम्म दुई अर्ब रुपैयाँ चुक्ता पूँजी पु-याउने भएको छ । संस्थानको शनिबार संस्थान परिसरमा सम्पन्न ३१ औं साधारणसभामा बोल्दै सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले नियामक बीमा समितिको पछिल्लो निर्देशन अनुरुप दुई अर्ब चुक्ता पूँजी पु-याउनुपर्ने व्यवस्था रहेकोले संस्थानले सोही अनुसार चुक्ता पूँजी पु-याउन लगेको जानकारी दिएका छन् । त्यसका लागि पूँजी योजना तयार गरी अर्थमन्त्रालयमा स्वीकृतिमा लागि पठाइएको उनले बताए ।

विगत केही वर्षदेखि महामारीको रुपमा फैलिएको कोभिड १९ को प्रभावलाई नियन्त्रण गर्न सरकारले गरेको बन्दाबन्दी तथा निषेधाज्ञाले संस्थानको व्यवसाय विस्तारलगायत अन्य गतिविधिहरुमा नराम्रो प्रभाव परेको उनले बताए ।



कोरोना प्रभावका बाबजुद पनि संस्थानले गत आर्थिक वर्ष २०७७/७८ मा सात अर्ब ५७ करोड १३ लाख रुपैयाँ खुद प्रिमियम संकलन गरेको उनले बताए ।

समिक्षा अवधिमा तीन अर्ब १९ करोड ८७ लाख दाबी भुक्तानी गर्नुका साथै आर्थिक वर्षको अन्त्यमा जीवन बीमा कोषमा ३२ अर्ब ९३ करोड ६१ लख रहेको अध्यक्ष कँडेलले जानकारी दिए ।

Top