logo
Blog single photo
September 13 2021

शेयर बजारमा सामान्य बृद्धि, कारोबार रकम ९ अर्ब २९ करोड

शेयर खबर । शेयर बजारमा परिसूचक नेप्से समान्य अंकले बढेको छ । कारोबार शुरु भएसँगै उत्साह देखिएको सूचक अन्तिम समयमा आइपुग्दा दवावमा देखिएको छ । 

नेप्से ०.२७ अंकले बढेर २ हजार ९ सय ४७.७० अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि सामान्य बढेको छ । 
९ अर्ब २९ करोड ५ लाख ५४ हजार रुपैयाँ बढीको १ करोड ५६ लाख ८१ हजार १ सय ८४ कित्ता शेयर खरिदविक्री भएको छ । 

अजोड इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ । मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्य पनि झण्डै १० प्रतिशतले बढेको छ । 



यसदिन सर्वाधिक गुमाउनेमा कालिका पावर कम्पनीका शेयरधनी रहेका छन् । यो कम्पनीको शेयर मूल्य ६.४७ प्रतिशतले घटेको छ । 

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको शेयर कारोबार सर्वाधिक ६१ करोड ९३ लाख रुपैयाँको भएको छ । बजार पूँजीकरण ४१ खर्ब २५ अर्ब ४६ करोड रुपैयाँ कायम भएको छ । 

Top