logo
Blog single photo
September 14 2021

मनुषी लघुवित्तमा कर्मचारी आवश्यकता, एसईई पासलाई पनि अवसर

बैंक खबर । मनुषी लघुवित्त वित्तीय संस्थाले कनिष्ठ सहायक (प्रशिक्षर्थी) पदमा केही संख्यामा कर्मचारी माग गरेको छ । लघुवित्तले प्रथम पटक प्रकाशित मिति भदौ २८ गतेले १५ दिन भित्रमा आवेदन माग गरेको हो । 

उक्त पदका लागि एसएलसी वा एसईईमा जीपिएस सी सम्म ल्याई परीक्षा उत्तीर्ण गरेको तषा प्राविणता प्रमाणपत्र तह वा प्लस टु उत्तीर्ण गरेकोलाई प्राथमिकता दिइने जनाएको छ । 

ग्रामिण क्षेत्रमा गई कार्य गर्न इच्छुक व्यक्तिले तोकिएको मिति भित्रमा आवेदन दिन सक्ने लघुवित्तले जनाएको छ । 



दरखास्त लघुवित्तको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरु वा manushi.careers@gmail.com मा हालसालै खिचिएको फासपोर्ट साइजको फोटो सहित वेवसाइटमा राखेको फारम, निवेदन, बायोडाटा, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता तषा आवश्यकता अनुसारको कार्य अनुभव पठाउन सकिनेछ ।

Top