logo
September 14 2021

सिटी एक्सप्रेस र टेरा पेमेन्टबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता

बैंक खबर । सिटी एक्सप्रेस मनी ट्रान्सफर र युरोपको टेरा पेमेन्ट सर्भिसेजबीच रेमिट्यान्स कारोबारमा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतामा सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डन र टेरा पेका तर्फबाट सहसंस्थापक एनी सेनले हस्ताक्षर गरेका छन् । 

यससँगै युरोप तथा अन्य ७९ देशमा रहेका नेपालीहरुले टेरा पेको सेवा प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् । नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजार भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी पाउन सकिने कम्पनीले जनाएको छ । 



यसरी पठाइएको रकम नेपालको जुनसुकै बैंकको खातामा पनि जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिनेछ । 

Top