logo
Blog single photo
September 14 2021

सांग्रिला डेभलपमेन्ट बैंकले पनि निक्षेप सदस्यका रुपमा काम गर्ने

बैंक खबर । सांग्रिला डेभलपमेन्ट बैंक र सीडीएस एन्ड क्लियरिङबीच निक्षेप सदस्यता सम्ब्न्धी सम्झौता भएको छ । यो सम्झौतासँगथै सांग्रिला डेभलपमेन्ट बैंकले पनि निक्षेप सदस्यको रुपमा काम गर्ने भएको छ । 

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णमान आचार्यले हस्ताक्षर गरेका छन् । 

सम्झौता भएसँगै बैंकले अब सबै शाखा कार्यालयबाट निक्षेप सदस्यता सम्बन्धी काम गर्ने भएको छ । 



बैंकले मुलुकभर ९६ शाखा कार्यालय र ३१ एटीएम काउन्टर मार्फत बैंकिङ सेवा दिदै आएको छ । 
 

Top