राष्ट्र बैंक । बैंकिङ प्रणालीमा तरलता अभाव हुँदै गएपछि अस्थिर बनेको अन्तरबैंक ब्याजदरलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले २० अर्बको रिपो उपकरण जारी गरेको छ । १४ दिन अवधिको रिपो बिहीबार देखि जारी हुनेछ ।
अल्पकालिन ब्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदरमा स्थायीत्व कायम गर्ने र मौद्रिक व्यवस्थापनलाई चुस्त बनाउन यस्तो रिपो प्रयोग गर्ने गरिन्छ ।
अहिले वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्या समाधानका लागि रिपो उपकरणमार्फत १४ दिनका लागि २० अर्ब रुपैयाँ बजारमा पठाउन लागिएको हो । यो उपकरणमार्फत बजारमा पठाइने पैसा बैंकहरुले पाउने र यसले तरलता व्यवस्थापन हुने अपेक्षा केन्द्रीय बैंकको छ ।
बिहीबार जारी हुने रिपो असोज १४ गते परिपक्व हुनेछ ।