logo
Blog single photo
September 16 2021

शेयर बजारमा पहिरो, कारोबार रकम ९ अर्ब माथि 

शेयर बजार । शेयर बजारमा बिहीबार पहिरो गएको छ । नेप्से परिसूचक ७६.६५ अंकले घटेर २ हजार ८ सय १२.३९विन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १२.७३ अंकले घटेको छ । 

साधारण शेयर मापन गर्ने फ्लोट इन्डेक्स पनि ५.५८ अंकले घटेर १ सय ९६.६६ विन्दुमा झरेको छ । सेन्सेटिभ फ्लोट इन्सडेक्स पनि ४.६३ अंकले घटेको छ । 

पछिल्लो केही दिन यता बैंक तथा वित्तीय संस्थामा तरलता अभाव देखिएको र बैंकहरुले ब्याजदर बढाउन थालेपछि शेयर बजार प्रभावित भएको हो । फलस्वरुप बिहीबारको शेयर बजारमा उच्च अंकको गिरावट देखिएको हो । 

नेप्सेमा गिरावट आएपनि कारोबार रकममा भने सुधार आएको छ । ९ अर्ब ३ करोड ३९ लाख रुपैयाँ बराबरको १ करोड ६४ लाख ६८ हजार ५ सय ८ कित्ता शेयर खरिदविक्री भएको छ । 

footer


कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ । तर सात वटा कम्पनीको शेयर मूल्य भने बढेको छ । जसमध्ये मनकामना स्मर्ट लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

सर्वाधिक गुमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरधनि रहेका छन् । यो कम्पनीको शेयर मूल्य ८.१७ प्रतिशतले घटेको छ । त्यस्तै बिहीबार पनि अरुण भ्याली जलविद्युतको शेयर कारोबार सर्वाधिक ३८ करोड ६० लाख रुपैयाँको भएको छ । 

Top