logo
Blog single photo
September 24 2021

प्युठानको विजुवारमा कृषि विकास बैंकको नयाँ शाखा सञ्चालनमा 

बैंक खबर । प्युठान जिल्लाको विजुवारमा कृषि विकास वैंक लि.को नयाँ शाखा सञ्चालनमा आएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल कुमार उपाध्याय र प्युठान नगरपालीकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले सो शाखाको संयुक्त रुपमा  समुदघाटन गरेका छन् । 

समुदघाटन समारोहमा सिइओ उपाध्यायले देशको आर्थिक क्रियाकलापलाई चलायमान वनाई राख्न स्थानीय सरकारहरु समक्ष बैंकले सँधै हातेमालो र सहकार्य गर्न तयार रहेको बताए । 

नगरप्रमुख कक्षपतिले स्थापना कालदेखि सर्वसाधारणले रुचाएको स्थापीत सरकारी बैंकले जनताको भावाना र चाहाना वमोजीम आफुलाई परिवर्तित गर्दै लैजानु पर्नेमा जोड दिए । 

footer


बैैंकका उपमहाप्रवन्धक प्रताव सुवेदीले वैंकले प्रदान गर्ने सेवा सुविधाको वारेमा जानकारी गराएका थिए । 
 

Top