शेयर खबर । शेयर बजारमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचक कारोबार खुलेदेखि नै लगातार घटेको छ । कारोबार बन्द हुँदा नेप्से ६१.२७ अंकले घटेर २ हजार ७ सय ५८.४८ विन्दुमा झरेको छ । सेन्सेटिभ परिसूचक पनि १०.७० अंकले घटेको छ ।
कारोबार रकम पनि ६ अर्ब ५० करोड १ लाख १७ हजार ८० रुपैयाँ बराबरको १ करोड ४४ लाख ९४ हजार २ सय ६० कित्ता शेयर किनबेच भएको छ ।
नेप्से घटेपनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । आईसिएफसी फाइनान्सका शेयरधनीले सर्वाधिक ८.९८ प्रतिशतले गुमाएका छन् ।
सर्वाधिक कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यो कम्पनीको ३३ करोड ९५ लाख ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।