logo
Blog single photo
September 28 2021

महालक्ष्मी लाइफका बीमितलाई प्रिसा इन्टरप्राइजेजको सामान खरिदमा छुट

बैंक खबर । महालक्ष्मी लाइफ इन्स्योरेन्समार्फत बीमा गरेका बीमित, अभिकर्ता र कर्मचारीहरुले पोखराको न्युरोडमा रहेको प्रिसा इन्टरप्राइजले सामान खरिदमा छुट प्रदान गर्ने भएको छ । यस सम्बन्धमा इन्स्योरेन्स र इन्टरप्राइजबीच सम्झौता भएको छ । 

सम्झौता पत्रमा महालक्ष्मी लाइफका प्रबन्धक अखिल धमला र प्रिसा इन्टरप्राइजेज पोखराका प्रबन्धक सविन श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार इन्स्योरेन्सका गण्डकी प्रदेश भित्रका बीमित, अभिकर्ता र कर्मचारीहरुलाई उक्त कम्पनीको सामान खरिदमा ५ देखि १५ प्रतिशत सम्म छुट हुने कम्पनीले जनाएको छ । 

footer


कम्पनीले महिन्द्रा वाटर प्युरीफायरका विभिन्न क्षमताका युरो गार्डहरु बिक्री वितरण गर्दै आएको छ । कम्पनीले घरायसी प्रयोजनका लागि ८ देखि १२ लिटर क्षमताका, औद्योगिक प्रयोजनका लागि एक सय लिटर क्षमताका र संस्थागत प्रयोजनाका लागि २० देखि २५ लिटर सम्मका खानेपानी शुद्धिकरण गर्ने युरोगार्डहरु उत्पादन तथा बिक्री वितरण गरिरहेको छ ।
 

Top