logo
Blog single photo
September 29 2021

मध्य भोटेकोशीको आइपीओ आउँदै

बैंक खबर । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले असोज २० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गर्न लागेको हो । 

निष्काशन गरिने ९० लाख कित्तामध्ये चार प्रतिशत अर्थात तीन लाख ६० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरेको छ । यस्तै पाँच प्रतिशत अर्थात चार लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहेको ८१ लख ९० हजार कित्ता सर्वसाधारणलाई निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । 

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म प्रतिशेयर एक सय रुपैयाँका दरले आवेदन दिन सक्नेछन् । असोज २० गतेदेखि खुल्ने शेयर आवेदन छिटोमा असोज २५ गते र सो अवधिमा माग भएजति आवेदन नपरेमा कात्तिक ३ गतेसम्म आवेदन खुल्ला हुनेछ । 

footer


कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदीमा कूल १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अनुमानित लागत १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार रहेको छ । 

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिविआइएल क्यापिटल रहेका छन् । 

Top