logo
Blog single photo
October 07 2021

सात वाणिज्य बैंकले घोषणा गरे लाभांश

बैंक खबर । हालसम्म सात वाणज्यि बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थकि वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वतिरण गर्ने प्रस्ताव गरेका हुन् । 

बिहीबारसम्म हिमालयन, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा र सटिजिन्स बैंक इन्टरनेशनलले लाभांशको प्रस्ताव गरेका हुन् । बैंकहरुले प्रस्ताव गरेको लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पुगेको छ । राष्ट्र बैंकले केही बैंकको लाभांश स्वीकृत गरसिकेको छ भने केहीको स्वीकृत हुन बाँकी छ । 

लाभांश प्रस्ताव गरेका सात वाणज्यि बैंकमध्ये सबैभन्दा धेरै लाभांश हिमालयन बैंकको छ । बैंकले शेयरधनीलाई कूल २६ प्रतशित लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने सबैभन्दा कम कुमारी बैंकले ८.६७ प्रतशित लाभांश बाड्ने प्रस्ताव गरेको छ । 

बैंकहरुको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारति गरेपछ िमात्र शेयरधनीको हातमा लाभांश पर्नेछ । बैंकहरुले लाभांश घोषणा गर्न थालेपनि शेयरधनीले भने दशैँपछाडी मात्र लाभांश पाउने भएका छन् । 

विगतका वर्षमा केही वाणज्यि बैंकले दशैँअघि नै वार्षकि साधारणसभा बोलाएर शेयरधनीलाई लाभांश वतिरण गर्ने गरेको भए पन ियो वर्ष शेयरधनीले दशैँ अगाडि लाभांश नपाउने भएका हुन् । 

कुन बैंकको कति ?

गत आर्थकि वर्षको नाफाबाट हिमालयन बैंक लिमिटेडले शेयरधनीलाई २६ प्रतशित लाभांश वितरणको प्रस्ताव गरेको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थकि वर्षको नाफाबाट शेयरधनीलाई २१ दशमलव ३६ प्रतशित बोनस शेयर र ४ दशमलव ६४ प्रतशित नगद लाभांश गरी कूल २६ प्रतशित लाभांश दिने प्रस्ताव गरेको हो ।

यस्तै, सानिमा बैंकले गत आर्थकि वर्षको नाफाबाट शेयरधनीलाई १७.८९ प्रतशित, नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतशित र सिटिजन्स बैंक इन्टरनेसनलले १६ प्रतशित लाभांश वितरण गर्ने घोषणा गरेका छन् । गत आवको नाफाबाट माछापुच्छ्रे बैंकले शेयरधनीलाई १४ प्रतशित लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो बैंकले कात्तिक २६ गतेका लागि साधारणसभा पनि बोलाइसकेको छ । 

यस्तैगरी, कुमारी बैंकले शेयरधनीलाई ८ दशमलव ६७ प्रतशित र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३.०६ प्रतशित लाभांश घोषणा गरेका छन् । 

दशैँमा लाभांश नपाउने

बैंकहरुले लाभांश घोषणा गर्न थालेपनि शेयरधनीले भने दशैँपछाडी मात्र लाभांश पाउने भएका छन् । विगतका वर्षमा केही वाणज्यि बैंकहरुले दशैँ अघि नै वार्षिक साधारणसभा बोलाएर शेयरधनीलाई लाभांश वतिरण गर्ने गरेको भए पनि यो वर्ष भने शेयरधनीले दशैँ अगाडि लाभांश नपाउने भएका हुन् । 

नेपाल बैंकर्स सङ्घका अध्यक्ष भुवन दाहालका अनुसार यस वर्ष बैंकहरुले ढिलो गरेर वित्तीय विवरण सार्वजनिक गरेकोले अन्य प्रक्रियामा समेत ढिलाई हुँदा लाभांश वितरणमा ढिलाई भएको हो । “यसवर्ष वित्तीय विवरण सार्वजनिकमा ढिलाई भयो’’ उनले भने, ‘‘ नेपाल राष्ट्र बैंकले भदौसम्मको आम्दानीलाई जोडन पाउने व्यवस्था पनि गर्‍यो । यी व्यवस्थाले बैंकहरुले समय पनि पाए, त्यसैले पनि यसवर्ष  दशैँ अगाडि शेयरधनीलाई लाभांश दिन सकिएन ।’’ दिपावली आसपासमा शेयरधनीले लाभांश पाउन सक्ने उनको भनाई छ । 
हाल केही बैंकले साधारणसभा पनि बोलाइसकेका छन् । साधारणसभाले लाभांश पारित गरेपछि मात्र बैंकका शेयरधनीले लाभांश पाउनेछन् । 

footer


विकास बैंकमा कामना पहिलो 
सात वाणज्यि बैंकले लाभांश घोषणा गरेतापनि विकास बैंकमा लाभांश घोषणा गर्ने पहिलो बैंकमा कामना सेवा विकास बैंक भएको छ । बैंकले गत आर्थकि वर्ष २०७७/७८ को नाफाबाट १९.४७ प्रतशित लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

यही असोज ७ गते बसेको कम्पनी सञ्चालक समतिकिो बैठकले चुक्ता पुँजीको १८.५० प्रतशित बोनस र कर प्रयोजनका लागि ०.९७ प्रतशित नगद लाभांशसमेत गरी १९.४७ प्रतशित लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावति १९.४७ प्रतशित लाभांश गत चार वर्षयताकै उच्च हो । रासस

Top