logo
Blog single photo
October 10 2021

नबिल बैंकद्वारा दशैँ भिडियो सार्वजनिक

बैंक खबर । नबिल बैंकले ‘नयाँ लुगा’ नामको दशैँ भिडियो सार्वजनिक गरेको छ । बैंकले दशैं मनाउन सहरबाट गाउँ फर्कने कथामा आधारित रहेर भिडियो निर्माण गरेको छ । जसलाई आम नेपालीहरुको आत्मकथा भएको बैंकले जनाएको छ । 
भिडियोमा सहरमा बस्दै आएका आफ्नो बुबालाई छोरीले फोन गरेर दशैँमा नयाँ कपडा ल्याइदिन आग्रह गर्छिन । उनले छोरी र श्रीमतीको खुशिका लागि किनमेल गरेर गाउँ फर्किन्छन । तर बाटो बिग्रेर जाममा पर्दा उनी रातभर हिँडेर गाउँ पुग्छन । सोही विषयवस्तुलाई भिडियोमा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । 
घरमा पुगेपछि परिवारसँग दशैँ मनाउन तयारी हुन्छ । अब जागिर खान शहर होइन गाउँमा नै केही गर्नुपर्छ भन्ने सन्देश भिडियोले दिएको छ । 

footer


भिडियोले सकेसम्म दशैँमा आफ्नो परिवारसँग बसेर खुशि साटासाट गरौं भन्ने सन्देश दिएको छ । 
 

Top