logo
Blog single photo
October 10 2021

चाडपर्वमा मेगा बैंकका ग्राहकलाई अफर

बैंक खबर । मेगा बैंक नेपाल लिमिटेडले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी भिसा कार्ड प्रयोगकर्तालाई डिजिटल कारोबारमा विशेष अफर ल्याएको छ । बैंकले डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा नगद फिर्ता दिने भएको हो । 

बैंकका अनुसार डेबिट कार्ड प्रयोगकर्तालाई इ–कमर्स कारोबार गर्दा १० प्रतिशत वा पाँच सय रुपैयाँसम्म नगद फिर्ता दिने भएको छ । त्यसैगरी क्रेडिट कार्ड प्रयोगकर्तालाई इ–कमर्स कारोबारमा १५ प्रतिशत वा एक हजार रुपैयाँ सम्म नगद फिर्ता दिने भएको हो । 

यस्तै पहिलोपटक खाता खोली इ–कमर्स कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई इ–कमर्स कारोबारको २० प्रतिशतसम्म वा २ हजार रुपैयाँ सम्म नगद फिर्ता दिने भएको छ ।

footer


यो सुविधा असोज २४ देखि कात्तिक २४ गतेसम्म सञ्चालन हुने बैंकले जनाएको छ । यो अवधिभर सबैभन्दा धेरै कारोबार गर्ने पाँच जना कार्ड प्रयोगकर्तालाई विशेष उपहारको व्यवस्था गरेको छ भने ई–कमर्स कारोबारमा शुल्क नलाग्ने भएको छ । 
 

Top