logo
Blog single photo
October 19 2021

शेयर बजारमा गिरावट

शेयर खबर । मंगलबार नेप्से परिसूचक ७७ दशमलव ३३ अंकले घटेर १ हजार ५ सय १० दशमलव ७३ अंकमा झरेको छ । बैंकहरुले ब्याजदर बढाएपछि शेयर बजारमा पहिरो गएको हो । 

बैंकहरुले निक्षेपको ब्याजदर बढाएर झण्डै १२ प्रतिशत पु-याउँदा बजारका लगानीकर्ताले शेयरको विक्रीचाप बढाएका छन् । जसको असर मंगलबारको बजारमा देखिएको हो ।  

शेयर बजारबाट पाउने प्रतिफल भन्दा बैंक निक्षेपको ब्याजदर राम्रो हुन थालेपछि लगानीकर्ताले शेयर विक्री गरेर निक्षेपमा पैसा राख्ने मनस्थिति बनाउँदा बजार दबाबमा परेको हो । जसका कारण नेप्सेमा उच्च अंकको गिरावट आएको छ ।

footer


नेप्सेमा उच्च गिरावट आउँदा ३ अर्ब ७८ करोड ३४ लाख २२ हजार रुपैयाँ बराबरको ९५ लाख ७५ हजार ६ सय १ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका सबै समूहको सूचकमा गिरावट आएको छ । फाइनान्स, विकास बैंक, जलविद्युत, बैंकिङ समूहमा आएको गिरावटको प्रभाव नेप्सेमा सबैभन्दा बढी देखिएको छ । 

नेप्से घटेपनि यसदिन महुली सामुदायिक लघुवित्त, मनुषी लघुवित्त, माउन्टेन इनर्जी, मेरो माइक्रोफाइनान्स, महिला लघुवित्त र बोटलर्स नेपालका शेयरधनीले कमाएका छन् । नेपाल हाइड्रो र नेशनल हाइड्रोका शेयरधनीले सर्वाधिक झण्डै १० प्रतिशतले गुमाएका छन् । 

नबिल बैंकको शेयर कारोबार सर्वाधिक ११ करोड १२ लाख रुपैयाँको भएको छ । यस्तै एनसीसी बैंकको संस्थापक शेयरको कारोबार पनि १० करोड बढीको भएको छ । 

Top