logo
Blog single photo
October 19 2021

रिलायन्स लाइफको नयाँ जीवनबीमा योजना सार्वजनिक 

बैंक खबर । रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले ‘रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । बीमा योजना अन्तर्गत बिमितलाई प्रत्येक वर्ष बीमालेखको वार्षिकोत्सव मितिमा बीमाङ्कको पाँच प्रतिशत रकम भुक्तानी हुनेछ । 

सो व्यवस्थाले बिमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बीमाङ्क रकम बराबरको रक्षावरण प्रदान गर्ने विश्वास इन्स्योरेन्सले लिएको छ । यो योजना बिमितले १५ वा २० वर्षको अवधिका लागि लिन सक्ने पनि इन्स्योरेन्सले जनाएको छ । 

पन्ध्र वर्षको बीमा अवधिको समाप्तिमा बिमितलाई अग्रिम बार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी रहेको बीमाङ्क रकम र आर्जित बोनस प्रदान हुने छ । बीस वर्षको बीमा अवधिको समाप्तिमा अग्रिम बार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी बीमाङ्क रकम, आर्जित बोनस र बीमाङ्क रकमको १० प्रतिशत थप रकम एक पटकको लागि प्रदान गरिने पनि इन्स्योरेन्सले जनाएको छ ।
 

footer


बीमा अवधिमा बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई  बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिने पनि इन्स्योरेन्सले जनाएको छ । यो योजना १८ देखि ५५ वर्ष उमेरका ग्राहकले लिन सक्नेछन् । 

Top