logo
Blog single photo
October 20 2021

ग्लोबल आइएमई बैंक र एनसेलबीच वैदेशिक रोजगारीमा जानेलाई सित्तैमा सिमकार्ड दिने सम्झौता

बैंक खबर । ग्लोबल आइएमई बैंक र मोबाइल सेवाप्रदायक कम्पनी एनसेलबीच वैदेशिक रोजगारीमा जानेहरुलाई सित्तैमा सीमकार्ड दिने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको ग्लोबल सअयात्री रेमिट्यान्स बचत खाता खोल्ने ग्राहकले एनसेल ब्यालेन्स र मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ चलाउन डाटा सहितको सीमकार्ड सित्तैमा पाउने भएका छन् । 

समझारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एनसेलका कार्यकारी निर्देशक एन्डी चोङले हस्ताक्षर गरेका छन् । 

वैदेशिक रोजगारीमा जाने, वैदेशिक रोजगारीबाट फर्किएका नेपाली एवं तिनका परिवारले र बाह्य रेमिट्यान्समार्फत आम्दानी गर्दै आएका नेपालीले बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोल्न सक्नेछन् । 

प्रदान गरिने सहयात्री सीमकार्डमा ग्लोबल स्माटएप्लस प्रयोग गर्न २५० एमबी डाटा प्याक निःशुल्क उपलब्ध हुनेछ । त्यस्तै २० रुपैयाँको ब्यालेन्स र एनसेल नेटवर्कभित्र २० मिनेट फोन गर्न, २० वटा एसएमएस पठाउन र २ सय एमबी डाटा निःशुल्क प्राप्त हुनेछ ।

footer


यसैगरी सीम सूचारु भएको दुई दिनभित्र एक सय वा सो भन्दा माथिको रिचार्ज गरेमा एक सय मिनेट एनसेल नेटवर्कमा टकटाइम तथा एक सय एमबी डाटा सेवाग्राहीले पाउनेछन् । एक वर्षसम्म हरेकपटक रिचार्ज गर्दा १० प्रतिशत बोनस पाउन सकिन्छ भने भारत, मलेसिया एवं मध्यपूर्वी राष्ट्रमा फोन गर्दा अतिरिक्त छुट पाउन सकिने छ । 
 

Top