logo
Blog single photo
October 21 2021

१० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

बैंक खबर । नेपाल राष्ट्र बैंकले बिहीबार १० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन बैंकले ७ दिन अवधिको रिपो जारी गर्न लागेको हो ।

केही समय अघिदेखि बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या देखिँदा राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गर्न लागेको हो । रिपोमा बोलकबोलमार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।

बैंकिङ प्रणालीमा तरलता समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिएकाले राष्ट्र बैंकले ७ दिनको रिपो जारी गर्न लागेको हो । बिहीबारबाट जारी हुने रिपो कात्तिक ११ गते परिपक्व हुनेछ ।

footer


बजारमा तरलताको अभावले बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्न ब्याजदर बढाउन थालेका छन् । आफूसँग भएको निक्षेप बाहिर जान नदिन बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको सुरुआतमै दुई अंकको ब्याजदर कायम गरेका थिए । तरलता अभावले अन्तरबैंक ब्याजदर झण्डै ५ प्रतिशत पुगेको छ ।

तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन् ।

Top