logo
Blog single photo
October 21 2021

सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने

बैंक खबर । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल बैंकिङ प्रविधिको सदुपयोग गर्दै आफ्ना ग्राहकहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले २०७८ कातिक देखि अनलाइन मार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ ।

बैंकमा खाता खोल्न चाहने ग्राहकले बैंकको इजि बैंक प्लाटफर्म प्रयोग गरी भौतिक रुपमा बैंक नपुगिकन घरैबाट आवश्यक विवरण भरेर मुद्दती खाता खोल्न सक्नेछन् । यसरी खोलिएको मुद्दति खातामा ग्राहकले आकर्षक ब्याजदरको फाइदा लिन सक्ने पनि बैंकले जनाएको छ । 

footer


बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै बैंकिङ प्रणाली अझ सजिलो तथा प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ । 
 

Top