logo
Blog single photo
October 21 2021

जापानको निर्यातमा उच्च वृद्धि

विश्व अर्थतन्त्र । जापानको निर्यात अपेक्षा गरिएभन्दा तिब्र दरमा वृद्धि भएको छ । गत महिनाको तथ्याङ्कमा पनि उच्च वृद्धि भएको हो । योसँगै जापानमा लगातार सातौं महिना सम्म निर्यात दोहोरो अंकले बढेको छ । 

निर्यात बढ्नुलाई कोरोना भाइरसको महामारी बीच विश्वको आपूर्ति शृङ्खलामा उत्पन्न कमजोर पुनःबहालीको गति ‘डिरेल’ गर्ने जोखिममा रहेको जापानी अर्थतन्त्रको लागि प्रेरणादायक संकेतको रुपमा हेरिएको छ । 

गतवर्षको सेप्टेम्बर सम्मको तुलनामा यसवर्षको सेप्टेम्बरमा १३ प्रतिशतले निर्यात बढेको छ । जापानी अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार निर्यात ११ प्रतिशतले बढ्ने अनुमान गरिएको तर सो भन्दा बढी नै निर्यात भएको देखिएको छ । 

footer


अगस्ट महिनामा पनि निर्यात २६  दशमलव २ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा जापानको सबैभन्दा ठूलो व्यापार साझेदार चीनतर्फको निर्यात १० दशमलव ३ प्रतिशतले बढेको छ । निर्यातको पछिल्लो तथ्यांकले सरकारलाई राहत दिएको छ । एजेन्सी

Top