logo
Blog single photo
February 20 2022

हिमालयन जनरल इन्स्योरेन्सले डाक्यो साधारणसभा, प्रस्तावित लाभांश स्वीकृत गर्ने

बिमा खबर । हिमालयन जनरल इन्स्योरेन्सले लाभांश पारित गर्न साधारणसभा डाकेको छ । इन्स्योरेन्सले फागुन ३० गते केन्द्रिय कार्यालय, थापागाँउ, काठमाडौँमा २८ औँ वार्षिक साधारणसभा बोलाएको हो । सभा बिहान ११ बजे भर्चुअल माध्यमबाट सञ्चालन गरिने इन्स्योरेन्सले जनाएको छ ।

सभाले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यस्तै सभाले अन्य कम्पनीलाई प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने गाभिनेसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

 

footer


साधारणसभा प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार फागुन १५ गतेसम्म कायम शेयरधनीले साधारणसभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

Top