logo
Blog single photo
March 06 2022

समता घरेलु लघुवित्तले एफपीओ जारी गर्ने, आरबीबी मर्चेन्ट बिक्री प्रबन्धक 

बैंक खबर । समता घरेलु लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने भएको छ । एफपीओे निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गर्ने सम्झौता भएको छ ।

सम्झौता(पत्रमा समता घरेलु लघुवित्त वित्तिय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र आरबीबी मर्चेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् । 
 
 

footer


साविक समता लघुवित्त र घरेलु लघुवित्तबीच शेयर आदान प्रदान दर १००ः८० कायम हुने गरि गाभिएका थिए । गाभिएपछि बनेको समता घरेलु लघुवित्तको कुल चुक्तापूँजी २८ करोड ५६ लाख २० हजार १ सय ६० कायम भएको थियो ।

त्यसपछि लघुवित्तले २० प्रतिशत वोनस वितरण गरेपछि लघुवित्तको चुक्तापूँजी ३४ करोड २७ लाख ४४ हजार १ सय ९२ रुपैयाँ पुगेको छ । सो शेयर संरचना ७०ः३० (संस्थापकःसर्वसाधारण) कायम हुने गरि लघुवित्तले एफपीओ निष्काशन गर्न लागेको हो । 

Top