logo
Blog single photo
March 09 2022

सुनको भाउमा नयाँ रेकर्ड, एक तोला किन्न १ लाख ५ हजार ५ सय तिर्नुपर्छ

अर्थतन्त्र । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार सुनको भाउ २ हजार ५ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको छ । तेजाबी सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सुन २०७७ साउन २३ गते १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । 

रुस र युक्रेनको युद्धका कारण सुनको भाउ दैनिक रुपमा बढेको हो । पछिल्लो एक सातामा सुन तोलामा साढेसात हजारले बढीसकेको छ । अर्कोतर्फ भारतीय अर्थतन्त्र कमजोर हुँदा भारु कमजोर भएको छ । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमयदर भएकाले नेपाली रुपैयाँ पनि अवमुल्यन भएको छ । अमेरिकी डलरको भाउ महँगो हुँदा समेत नेपालप् बजारमा सुनको मूल्य आकासिएको हो । 

footer


सुनसँगै चाँदीको् भाउ पनि बढेको छ । बुधबार चाँदी प्रतितोला ४० रुपैयाँले बढेर १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भयो ।

Top