सोमबार २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर छलफल गरी अत्यावश्यक वस्तु बाहेक अन्यमा एलसी नखोल्न आग्रह गरेको हो ।
बैंक खबर । नेपाल राष्ट्र बैंकले आयातलाई थप कडाइ गर्न खोजेको छ। सोमबार वाणिज्य बैंकका सिईओहरुलाई राष्ट्र बैंक बोलाएर सवारी साधन आयातको भुक्तानीमा कडाई गर्न आग्रह गरेको हो ।
विदेशी मुद्रा सञ्चिति घट्दै गएर देशको आर्थिक अवस्था बिग्रन थालेपछि केन्द्रीय बैंकले अत्यावस्यक वस्तु बाहेकमा प्रतितपत्र (एलसी) नखोल्न आग्रह गरेको बैठकमा सहभागी एक बैंकरले बताए ।